डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

images
  • 127
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी
    images

    ७ मंसिर, डोटी ।

    डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।

    ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ मत पाए । राप्रपाका मोहन बमले १ हजार ३ सय २७ प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend