सप्तरीमा जनमतका साह प्रदेशसभामा निर्वाचित

images
  • 124
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    सप्तरीमा जनमतका साह प्रदेशसभामा निर्वाचित
    images

    ७ मंसिर, जनकपुरधाम ।

    सप्तरीको क्षेत्र नं. २ (ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित भएका छन् ।

    उनले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई ४८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

    साहले १० हजार ८६२ मत पाए भने यादव १० हजार ८१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    योसगै सप्तरीमा जनमत पार्टीले प्रदेश सभा तर्फ तीन क्षेत्र जितेको छ । क्षेत्र नं. २ को (क) र (ख) समे जनमतले जितिसकेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend