उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका मगर विजयी

images
  • 134
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका मगर विजयी
    images

    उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी हुनुभएको छ ।

    उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईलाई ३५ मत अन्तरले पराजित गर्नुभयो ।

     

    मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहनुभयो ।

    जनता समाजवादी पार्टीका घनश्याम कटुवालले तीन सय ६६ मत ल्याउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend