चितवन, बैशाख १८
रत्ननगरको बेल्सीबाट वडा नं. ३ को घरदैलो उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाकी मेयर पदकी उमेदवार विमलादेवी दुवाडीले आफू रत्ननगरको उपमेयर रहदा पुरा नभएका अधुरा कामहरु मेय पदमा जितेपछि पुरा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्- 'ठूला बाटोहरु बनिसकेकाछन् अब शाखा र गल्लि बाटोहरु बनाउन बाँकी छन् ती बाटोहरु पनि चाडैं नै कालोपत्रे बन्नेछन् ।' केही स्थानमा ढलहरु पनि बनाउन बाँकी रहेकाले ढल निर्माण कार्य सम्मपन्न गरिसकेर मात्रै बाटो बनाउने योजना रहेको उनले बताईन् । उपमेयर पदका उमेद्वार यादव प्रसाद पाठकले नेकपा एमालले जे बोल्छ त्यो पुरा गरिछाड्ने बताए । विपन्न परिवारलाई रत्ननगर नगरपालिकाको तर्फबाट विना ब्याज लोन उपलब्ध गराई व्यापार व्यवसाय गर्न दिईने उनको भनाई छ । जग्गा नभएकालाई निशुल्क जग्गा उपलब्ध गराई खेतीपाति गर्न दिईने उनले बताए । नदी नियन्त्रण गरी गाउँ र बजारमा बाढी पस्न नदिन तटवन्धनको व्यस्था गर्नुका साथै शैक्षिक लोनको व्यवस्था समेत गर्ने बताए ।

घरदैलो उद्घाटन कार्यक्रममा नेकपा एमालेकी प्रदेश समिति सदस्य मिना गिरी, एमाले जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी, वडा नं. ३ का अध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, सदस्यहरु किशोर बाबु पुरी, राममणी थपलिया, प्रेम कुमारी चौधरी, विमला परियार लगाएत कार्यकर्ताहरुको उपस्थिती थियो ।



