गुल्मीमा गाेकर्ण विष्टकाे 'ह्याट्रिक'

images
  • 174
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    गुल्मीमा गाेकर्ण विष्टकाे 'ह्याट्रिक'
    images

    गुल्मी –

    गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्ट विजयी हुनुभएकाे छ । अन्तिम मत परिणामअनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे । विष्टले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । 

     

    नेकपा एसकी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयाे । विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी हुनुभएकाे थियाे । २०५६ सालको चुनावदेखि यही क्षेत्रमा लगातार उम्मेदवार बन्दै आएका विष्टले २०६४ सालको चुनाव भने हार्नुभएकाे थियाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend