गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीको बधाई

images
  • 59
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीको बधाई
    images

    गुल्मी –

    गुल्मी क्षेत्र नम्बर २ बाट पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले विजयी हुनुभएका नेकपा एमालेका गोकर्णराज विष्टलाई बधाई दिनुभएको छ ।

     

    झाँक्रीलाई हराउँदै गुल्मी–२ मा विष्ट विजयी हुनुभएको छ । झाँक्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।’ 

    विष्टलाई बधाईसहित झाक्रीले गुल्मीको समग्र विकाश र समृद्धिको यात्रामा आफू सधैँ साथमा रहने बताउनुभएको छ । आफू पराजित भए पनि समाज र सामाजिक पक्षको बारेमा बुझ्न र जान्न मौका पाएको समेत उल्लेख गर्नुभएको छ ।

    जय र पराजय सामान्य प्रक्रिया रहेको र यसलाई सहज रूपमा लिएको पनि बताउनुभएको छ । साथै उहाँले मतदातालाई पनि धन्यवाद दिनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend