जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई विजयी

images
  • 98
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई विजयी
    images

    जुम्ला -

    जुम्ला प्रदेश (२) मा नेकपा एमालेका टेकराज पछाई विजयी हुनुभएकाे छ। गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई विजयी हुनुभएकाे हाे । 

     

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गर्नुभएकाे छ। पछाई गठबन्धनका रोकायालाई एक हजार एक सय १२ मतान्तर पराजित गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । 

    उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गर्नुभएकाे हाे । यस्तं नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गर्नु भएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend