चितवन, बैशाख १८-
नेकपा एमाले राप्ती वडा नं. ७ ले आजबाट घरदैलो कार्यक्रम सुरु गरेको छ । एमाले राप्ती ७ का वडा अध्यक्षका उम्मेदवार छविलाल भुषालले जन आदर्श बहुमुखी क्याम्पस विरेन्द्रनगरमा रहेको शहिदको शालिकमा माल्यार्पण गरी घर दैलो कार्यक्रम सुरु गरका छन् ।

वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार भुषाल, सदस्य ओम पुन, सलमान लामा, मन्नु थापा, माया विकको नेतृत्वमा घरदैलो कार्यक्रम गरेको हो । उम्मेदवारहरु मतदाताका घरघरमा पुगेर उनिहरुको राय सुझाव सहित उनिहरुको समस्या बुझ्दै मत मागेका थिए ।

घरदैलो कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य प्रभा बराल, एमाले नेता हरी पौडेल, विरेन्द्रनगरका पूर्व गाविस अध्यक्ष भिम पुन, एमाले नेतृ डिल कुमारी पुन, अनेरास्ववियु राप्ती नगर कमिटिका अध्यक्ष उमाकान्त कडेल, एमालेका युवा नेताहरु विक्रम भुषाल, दिपक सुवेदी लगाएतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




