दार्चुला –
दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लानुभएकाे छ ।
एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिनुभएकाे छ । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाउनुभएकाे छ । यहाँ नेपाली नेकपा माओवादी केन्द्रले साथ दिएको छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।
गएकाे आइतवार भएकाे मतदानमा दार्चुलामा झन्डै ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



