चितवन, राप्ती, बैशाख १८-
स्थानिय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले आजबाट १३ वटै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

आज आईतबारबाट सुरु भएको घरदैलो कार्यक्रम वैशाख २७ गते सम्म हुने एमाले राप्ती नगर कमिटिका अध्यक्ष पूर्णबहादुर थापाले बताए । उहाका अनुसार वैशाख २७ गते राप्ती वडा नम्बर ४ मा रहेको काशिरुपा विध्यालयको चौरमा ठूलो आमसभा गरेर घरदैलो कार्यक्रम समापन गर्ने बताए । मेयरका उम्मेद्वार गोविन्द कडेल र उपमेयरका उम्मेदवार मेनका पाठकको अहिले राप्ती वडा नम्बर ४ मा घरदैलो कार्यक्रम भैरहेको उहाले बताए । घरदैलो कार्यक्रममा मेयर उपमेयरका उम्मेदवार सहित हरेक वडाका वडाध्यक्षसंगै एमालेले घरदैलो गरिरहेको राप्ती नगर कमिटीका अध्यक्ष थापाले जानकारी दिए ।
एमालेबाट राप्ती नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार सिद्धिलाल स्याङ्तान, वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवार श्यामसुन्दर उप्रेती, वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार शिवकान्त ओली, वडा नम्बर ४ मा वडाध्यक्षका उम्मेदवार केदार आचार्य, वडा नम्वर ५ मा वडाध्यक्षका उम्मेदवार सिताराम बलको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको उहाले बताए । त्यसैगरी वडा नम्वर ६ मा वडाध्यक्षका उम्मेदवार जल्लु महतो थारु, वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार छविलाल भुषाल, वडा नम्बर ८ मा वडाध्यक्षका उम्मेदवार पूर्ण प्रसाद आचार्य, वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार खड्क बहादुर तामाङ, वडा नम्बर १० मा वडाध्यक्षका उम्मेदवार अमर बहादुर तामाङ, वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेदवार सोमिलाल मोक्तान, वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार धर्मजित तितुङ् र वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार सुर्य बहादुर प्रजाको नेतृत्वमा घरदैलो भईरहेको छ । सबै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार, स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको समेत उहाले बताए ।



