आयोगको चेतावनी आचारसंहिताविपरीत गतिविधि गरे कडा कारबाही गर्ने

images
  • 394
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    आयोगको चेतावनी आचारसंहिताविपरीत गतिविधि गरे कडा कारबाही गर्ने
    images

    काठमाडौं 

    निर्वाचन आयोगले आचारसंहिताविपरीतका गतिविधि गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    hhhhhhhh.jpg

    आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख ३० को स्थानीय तह निर्वाचनमा आचारसंहिताविपरीत मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट गरे कडा कारबाही गर्ने चेतावनी दिए ।

    उनका अनुसार निर्वाचन आचारसंहिताविपरीतका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा आयोगको ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिनेछ ।

    निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कडा कारबाही गरिने पनि बताएका छन् ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend