हलमा 'केजिएफ २' कै राज तेस्राे हप्तामा पनि

images
  • 202
    SHARES
  • बैशाख १९, २०७९ सोमबार
    हलमा 'केजिएफ २' कै राज तेस्राे हप्तामा पनि
    images

    काठमाडौं ।अप्रिल १४ मा प्रदर्शन हुने भनिएको बलिउड फिल्म 'लाल सिंह चड्ढा' सरेर अगस्टमा पुग्यो। त्यही मितिमा प्रदर्शन हुने भनिएको 'जर्सी' पनि प्रदर्शनको तीन दिनअघि निर्माताले एक हप्ता पछाडि सार्ने निर्णय गरे। यसको एउटै कारण थियो 'केजिएफ च्याप्टर २'। 

    ac.jpg

    त्यति मात्रै होइन केजिएफको प्रदर्शनअघि जुन क्रेज थियो, फिल्म प्रदर्शनमा आएपछि अझ बढेर गयो। ९० देखि सय प्रतिशतसम्म शो पाएको फिल्म रिलिज भएपछि बिहान १/२ बजेदेखि राति ११/१२ बजेसम्म पनि शो राखियो। र‚ थपिएका शो पनि हाउसफुल भए। फिल्मले धेरै हलहरूलाई २४ सै घण्टा जागा राख्यो।

    'केजिएफ २' प्रदर्शनमा आएपछि तीन हप्ताअघि प्रदर्शनमा आएको बिग बजेट फिल्म 'आरआरआर'को आक्रामक प्रदर्शनीमा ब्रेक लाग्यो। बक्स अफिसमा केजिएफले एउटा तुफान नै ल्यायो। एक हप्तापछि प्रदर्शनमा आएको शाहिद कपूर अभिनीत 'जर्सी' त्यही तुफानमा पर्‍यो। 

    'केजिएफ २' अहिले तेस्रो हप्तामा पनि सबैभन्दा धेरै शो र सबैभन्दा धेरै दर्शकको चापका साथ प्रदर्शनमा आइरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएका 'हिरोपन्ती २' र 'रनवे ३४' ले लगानी सम्म पनि सुरक्षित गर्ने हुन् कि होइनन् भन्नेमा धेरैले आशंका गरिरहेका छन्। त्यसको कारण पनि 'केजिएफ २' लाई नै मानिएको छ। 

    फिल्मले अहिलेसम्म विश्वभरिबाट एक हजार करोड (भारू) भन्दा बढी रकम कलेक्सन गरिसकेको छ। योसँगै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो नम्बरमा उक्लिएको छ। त्यस्तै फिल्मले हिन्दी डबबाट मात्रै साढे ३ सय करोडमाथिको कमाइ गर्दै हिन्दी बक्स अफिसमा तेस्रो ठूलो फिल्म बनेको छ। 

    Tansen Cement

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend