सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

images
  • 62
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो
    images

    १० मंसिर, सुनसरी।  

    मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।

    मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

    सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

    अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् । एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend