समानुपातिकमा कस्को कति मत:

images
  • 90
    SHARES
  • मंसिर १०, २०७९ शनिबार
    समानुपातिकमा कस्को कति मत:
    images

    १० मंसिर, काठमाडौं ।

    प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ ।

    दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ।नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend