देवघाट तनहुँ:मंसिर १०

देवघाट ईलाका प्रहरी कार्यालय देवघाट तनहुँको आयोजनामा संचालित परिचयात्मक एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर र बुद्धि बहादुर पाण्डे,देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्र अध्यक्ष होम बहादुर भाराती(संन्जिव),देवघाट नेकपा एमाले अध्यक्ष केशव चन्द्र न्यौपाने,देवघाट माओवादी केन्द्र उपाध्यक्ष जयकृष्ण सुवेदी,देवघाट ५ नम्बर नेपाली काङ्ग्रेस सभापति सोमनाथ ढकाल,नेकपा एमाले ५ नम्बर वडा अध्यक्ष गणेश थापा,देवघाट ४ नम्बर वडाका पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङ,कालिका सामुदायिक वन अध्यक्ष कृष्णराज न्यौपाने,देउती सामुदायिक बन अध्यक्ष सुर्य न्यौपाने,देवपुर टिल बिकास संस्थाका कोषाध्यक्ष दधिराम सापकोटा,रातामाटे नमुना टोल बिकास समितिका अध्यक्ष डा.सुरेन्द्र श्रेष्ठ,पिपलटार टोल बिकास अध्यक्ष हरिराम काप्री,गणेश टोल बिकास संस्थाका अध्यक्ष समिर ढुंगाना,समाजसेवी पन्च बहादुर आले,निर्मल राना,उत्तम लामा,श्याम बगाले लगाएतको उपस्थिति रहेको थियो।

सो कार्यक्रम देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।




