सुनसरी –
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना भाेलि (आइतवार) बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ ।
नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि आज (शनिवार) दिउँसाे मतगणना राेकिएकाे थियाे । त्यसपछि बसेकाे सर्वदलीय बैठकले मतगणना भाेलि बिहान ८ बजेसम्मका लागि राेक्ने निर्णय गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचन आयाेगले ६ सय ६ मत एमालेकाेमा जाेडेकाे भन्दै कांग्रेसले विराेध गरेकाे हाे ।
पछिल्लाे मत परिणामअनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिनुभएकाे छ । अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उहाँले २३ हजार ७९ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मतसहित पछ्याइ रहनुभएकाे छ ।



