पर्सा, मंसिर १२
पर्साको ठोरीमा रामसीता विवाह महोत्सव मनाइएको छ ।
स्थानीयहरुले विगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा यस क्षेत्रमा धुमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि यसको महत्त्व बढेर छ । तर मन्दिर माडीमा बनाइएपछि स्थानीयहरुको गुनासो छ ।
ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनी शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो।
सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता बिष्टले बताइन्।



