थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

images
  • 90
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते
    images

    १२ मंसिर, काठमाडौं

    काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् ।

    सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।

    नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् । घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend