काठमाडौं, मंसिर -१३
सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ ।
यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।



