चितवन, मंसिर -१३
माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो ।
प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्तोलगायतले यो राममन्दिर देशको ऐतिहासिकस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसारको काम गर्नका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो । यहाँको जमिनमा रामधान बनाउने योजना छ । अहिले सो स्थलमा मुख्य मन्दिर निर्माणका साथै दुईवटा सत्तल र एउटा आवास घर निर्माण गरिएको छ ।



