धरान,मंसिर १३
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाजवादको सुरुवात धरानबाट भइसकेको बताएका छन् । उनले उपमहानगरले किनेका दुई वटा डोजरका तस्बिरहरु सामाजिक सञ्जालमा राख्दै यस्तो बताएका हुन् । उनले सर्वसाधारणलाई जेसिबी आवश्यक परेमा नगरपालिकालाई सम्झन पनि आह्वान गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आइन्दा जेसीबी लगाउन परे नगरपालिकालाई सम्झनु । तपाइँले तिरेको पैसा नगरको कोषमा जम्मा हुन्छ कुनै व्यक्तिको गोजीमा होइन । समाजवादको शुरुवात धरानबाट भइसक्यो ।’



