एआईजी थापा नियमित काममा फर्किँदै गृहमन्त्रीले फकाएपछि

images
  • 89
    SHARES
  • बैशाख २१, २०७९ बुधबार
    एआईजी थापा नियमित काममा फर्किँदै गृहमन्त्रीले फकाएपछि
    images

    काठमाडौँ

     नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारदेखि नियमित काममा फर्किने भएका छन् ।

    dddaaa.jpg

    प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् ।थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् । पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्।

    पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् । उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ ।निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend