स्याङ्जा,मंसिर १५
रातिबाट शुरु भएको स्याङ्जा २ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन । एमालेकी पद्मा अर्याल २ हजार ३०४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् । निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।



