‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी

images
  • 111
    SHARES
  • मंसिर १६, २०७९ शुक्रबार
    ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी
    images

    काठमाडाैं

    फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ कराेड ठगीको उजुरी दिएका हुन् ।

     

    उनले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै उजुरी दिएका हुन् । फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।

     

    यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ ।

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend