चक्रवर्ती सामुदायिक वनको २४ औं साधारण सभा सम्पन्न

images
  • 106
    SHARES
  • मंसिर १६, २०७९ शुक्रबार
    चक्रवर्ती सामुदायिक वनको २४ औं साधारण सभा सम्पन्न
    images

     देवघाट तनहुँ:मंसिर १५

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनको २४ औं साधारण सभा आज सामुदायिक वनको सभा हलमा सम्पन्न भएको छ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुवँरले सामुदायिक वनहरु संग समन्वय गरी दिगो बिकासका कार्यहरु अगाडी बढाउने बताउनुभयो। साथै कुवँरले सामुदायिक वन भित्रका बोटविरुवा,वन्यजन्तु र आगलागी बाट वनको संरक्षण गर्ने दायित्व हामी सवैको रहेको बताउनुभयो।

    317697058_454782813394362_8545911745687487628_n.jpg

    सो कार्यक्रममा विशिष्ट अतिथि सव डिभिजन वन कार्यालय देवघाटका सायक वन अधिकृत नवराज घिमिरे र देवघाट गाउँपालिका सामुदायिक वन महासंघका अध्यक्ष भोजराज नैनावस्तीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

    317606447_3197038310609033_8056954220055861072_n.jpg

    कार्यक्रममा देवघाट ५ नम्बर वडाका पुर्व वडा अध्यक्ष याल बहादुर गुरुङ,वराह आधारभुत विद्यालय व्यबस्थापिका अध्यक्ष टेकराज सापकोटा नेछेनथार्वालिङ्ग बौद्ध गुम्बा देवघाटका अध्यक्ष आशा गुरुङ,वराह आधारभुत विद्यालयका प्र.सोम बहादुर थापामगर,देवपुर गाउँ सुधार समितीका कोषाध्यक्ष दधिराम सापकोटा वनका पुर्व अध्यक्ष टोया नारायण खराल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य वनका खेम बहादुर रानाले राख्नु भएको थियो साथै वनको आर्थिक आयव्यय कोषाध्यक्ष प्रेम थापामगरले प्रस्तुत गर्नुभएको थियो। उक्त साधारण सभा सञ्चालन वनका बिकास पाण्डेले सञ्चालन गर्नु भएको थियो भने चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend