गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समितीको अध्यक्षमा सेर बहादुर गुरुङ

images
  • 112
    SHARES
  • मंसिर १७, २०७९ शनिबार
    गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समितीको अध्यक्षमा सेर बहादुर गुरुङ
    images
    सुष्मा गुरुङ,
    देवघाट तनहुँ:मंसिर १७
    तनहुँको देवघाट गाउँपालिकाको आयोजना आज ´समावेशी विकासका लागि रुपान्तरित समाधान:पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशीलताको प्रावधान` भन्ने नारा सहित ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समिती पुनर्गठन तथा अपाङ्गता अभिमुखीकरण कार्यक्रम बाट गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समितीको अध्यक्षमा सेर बहादुर गुरुङ सहित ९ जना कार्यसमिति सर्व सहमत चयन हुनुभएको छ।
    317197048_1246505162882877_3747963763179101960_n.jpg
     
    सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्थानीय समन्वय समितिका संयोजक एवं पालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले अपाङ्गता भएको व्यक्तिहरुमा पनि विभिन्न कला प्रतिभा र क्षेमता हुने बताउदै आफ्नो कला,क्षेमतालाई अगाडी बढाउन आग्रह गर्नुभयो।साथै उपाध्यक्ष गुरुङले समुदायमा हामी सवैले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान संगै अवसर दिएर समतामूलक व्यबहार गर्नुपर्ने बताए। गुरुङले अपाङ्गता भएका व्यक्तिहरुका लागि सिपमुलक तालीम,प्रशिक्षण कार्यक्रम ल्याई अझ क्षेमता वृद्धिमा अगाडी बढाउने बताउनुभयो।
     
    314004602_3416733588571877_54271079334686500_n.jpg
     
    कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुवंरले वडा संगै आफ्नो व्यक्तिगत तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने बताउनुभयो।
     
    318197360_544502030522825_1973156113825181456_n.jpg
     
    गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समिती पुनर्गठन बाट अध्यक्षमा सेर बहादुर गुरुङ,उपाध्यक्ष कुमार पाण्डे,सचीव गिताकला ढकाल,कोषाध्यक्ष ओम बहादुर गुरुङ सदस्य मंगली भुजेल लगाएत ९ जनाको कार्यसमिति बनेको छ।
     
    कार्यक्रममा देवघाट ५ नम्बर का वडा सदस्यहरु याम बहादुर मगर,कमला गुरुङ,बुद्धि बहादुर पाण्डे र सरस्वती परियार, लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा ७५ जना अपाङ्गता व्यक्तिहरुको सहभागीता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक देवघाट गाउँपालिका शाखा प्रमुख शुभद्रा भट्टराईले बिहानी मिडियालाई जानकारी दिनुभयो।
     
    साथै उक्त कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले कार्यक्रम संचालन गर्नुभएको थियो भने गाउँपालिका स्तरीय अपाङ्गता सरोकार समितीका अध्यक्ष ॠषिराम लामिछानेको सभापतित्वमा सो कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो।
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
    Write to Ashik Rana

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend