बाजुरा : एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी

images
  • 107
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    बाजुरा : एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी
    images

    बाजुरा 

    बाजुरामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

    पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, प्रदेश सभातर्फ बाजुरा 'क' मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी हुनुभएको छ । उहाँले १० हजार ९७३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले आठ हजार ३६२ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, बाजुरा 'ख' मा कांग्रेसका पदमबहादुर शाही विजयी हुनुभएको छ । शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend