काठमाडौँ, मंसिर १८
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको हो ।
मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्ने मौसमविदका भनाइ छ ।
हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ।



