मंसिर १८
बिहान सबेरै कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ । तर सबैलाई कुखुरी काँ‘‘को आवाजसँगै उठ्ने मौका मिल्दैन । कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ । छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन् ।
कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन् । एजेन्सी



