देवघाट तनहुँ:मंसिर १८ गते
"सेवा नै धर्म हो" तनहुँको व्यास नगरपालिका वडा नम्बर १३ बेनिकोट स्थित स्थायी बसोबास रहेको जुद्ध बहादुर थापालाई उपचारको लागी आर्थिक समस्या भएको छ । ३४ वर्षिय जुद्ध बहादुर थापालाई उपचारमा आर्थिक समस्या भएपछि उनकी दिदि रि मायाँ थापाले आर्थिक सहयोगको लागी हार्दिक अपिल गरेकी छिन् ।
विगत लामाे समय देखि मृगाैला राेगले ग्रसित भई हाल उपचारको लागि आर्थिक समस्या परेको हो । उपचार कै क्रममा हाल नेश्नल किड्नी सेन्टर बनस्थलिमा डाईलासिस गर्दै आईरहेको र उपचारकाे लागि निजकाे घरकाे आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले थप उपचारको लागी देश तथा बिदेश रहनुहुने सहयोगी संघ,संस्था र दाजुभाइ तथा दिदिबहिनीहरु माझ सहयोगको अपिल गरेका छन् ।
साथै देश तथा बिदेशमा रहनुहुने सहयोगी संघ,संस्था र दाजुभाइ तथा दिदिबहिनीहरुले बिरामी जुद्द बहादुर थापाको दमौली शाखामा रहेको कृषि विकास बैक खाता नं. (०२१०९०३०३२९८८०१९) रहेको हुँदा सहयोगि महानुभावहरुले आफुले सकेको सहयोग गर्न सक्नु हुने छ। साथै परिवारका सदस्य ( दिदी ) रि मायाँ थापा मोबाईल नम्बर ९८२४१०२४६० मा सम्पर्क गरि थप जानकारी समेत लिन सकिने समेत बताउनुभयो।



