राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न मानव स्रोत विकास केन्द्रको अनुरोध

images
  • 66
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न मानव स्रोत विकास केन्द्रको अनुरोध
    images

    १८ मंसिर,

     शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

    केन्द्रले पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो ।

    Center-for-education-and-Human-Resource-Development (1).jpg
    केन्द्रले पत्राचार गर्दे कार्यक्रम अन्र्तगत भौतिक पूर्वाधार विकास कार्यक्रम विद्यालयमा आईसीटी ल्याब तथा पुस्तकालय स्थापनाका लागि कार्यक्रम प्राप्त गर्ने विद्यालय विवरण अनुसार तोकिए बमोजिमको कार्यक्रम कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

    कार्यक्रम अन्र्तगत दुइ कोठे भवन निर्माणका लागि तराईमा भए २२ लाख ५० हजार, पहाडमा भए २५ लाख र हिमालमा भए २७ लाख ५० हजारका दरले र चारकोठे भवन निर्माणका लागि तराईमा भए ४५लाख, पहाडमा भए ५० लाख र हिमालमा भए ५५ लाखका दरले रकम दिँदै आएको छ ।

    हेर्नुस् विज्ञप्ति

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend