चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक भोली बस्ने

images
  • 84
    SHARES
  • मंसिर १८, २०७९ आइतबार
    चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक भोली बस्ने
    images

    काठमाडौं 

    आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । 

     

    माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए ।गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डालगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । 
    मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend