अमेरिकी मन्त्री एन्टोनीलाई कोरोना संक्रमण

images
  • 166
    SHARES
  • बैशाख २२, २०७९ बिहीबार
    अमेरिकी मन्त्री एन्टोनीलाई कोरोना संक्रमण
    images

    वासिङटन

    वासिङटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    xxxhhh.jpg

    अमेरिकी विदेश मन्त्रालयले जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसकेकोले उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

    उनी अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेकाे विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगरेकाे र घरबाटै काम गर्नेगरी तयारी गरेकाे पनि जनाएको छ । -सिन्ह्वा

     
     

     

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend