इंग्लिस समर्थकका आशाका केन्द्र ह्यारी केन

images
  • 97
    SHARES
  • मंसिर १९, २०७९ सोमबार
    इंग्लिस समर्थकका आशाका केन्द्र ह्यारी केन
    images

    १९ मंसिर, काठमाडौं

    इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनले यस विश्वकपमा सेनेगलसँगको अन्तिम १६ को खेलमा पहिलो गोल गरे । जारी विश्वकपमा ३ वटा असिस्ट गरिसकेका उनको गोलसँगै इंग्ल्याण्ड ३–० ले विजयी भयो र क्वार्टरफाइनलमा पुग्यो ।

    यो गोलसँगै केनको इंग्ल्यान्डका लागि ५२ अन्तर्राष्ट्रिय गोल पूरा भएको छ । हालसम्म इंग्ल्यान्डका लागि सर्वाधिक गोलकर्ता बनेका वायन रोनीको रेकर्ड पछ्याउने उनी हुनेछन् । शनिबार हुने फ्रान्ससँगको खेलमा उनले रोनीको रेकर्ड भेट्ने धेरैले दाबी गरेका छन् ।

    टोटेनह्यामका स्ट्राइकर केनले हालसम्म विश्वकपमा ११ गोल गरेका छन् । विश्वकपमा गोल गर्ने उनी आठौं खेलाडी बने । उनी अघि मार्कस रेशफेर्ड, बुकायो साका, जुड बेलिङ्हम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस, फिल फोडेन र जोर्डन हेन्डसनले गोल गरिसकेका छन् ।

    केनको गोलमा प्रशिक्षक साउथगेट भन्छन्, ‘उनको मुभ उत्कृष्ट थियो र त्यस्तै उत्कृष्ट गोल पनि थियो ।’

    इंग्ल्यान्डले खेलेको निर्धक्कताको खेल

    सन् १९६६ मा एक पटक मात्र विश्वकप जितेको इङ्ल्यान्ड हर पटकको विश्वकपमा केही फरक अन्दाजको साथमा प्रस्तुत हुन्छ । इंग्ल्यान्डका प्रशिक्षक साउथ गेट एक उत्कृष्ट प्रशिक्षक हुन् ।

    उनले कुन खेलमा कुन खेलाडीलाई कसरी खेलाउने भनेर रणनीतिक योजना बनाउँछन् । सुरुमा पजायन्ट भनिएका उनलाई सबै राष्ट्रका प्रशिक्षकले होच्याउने गर्थे, तर उनको रणनीतिक क्षमताले उनले इंग्ल्यान्डका खेलाडीको खेल क्षमता निकै राम्रो बनाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend