१९ मंसिर, वीरगञ्ज
सशस्त्र प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वीरगञ्जबाट खटिएको टोलीले ना. ४ ख ९४३५ नम्वरको ट्रक नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको ट्रक सहित सामानको मुल्य ३५ लाख र ट्रकको मुल्य २ लाख ८४ हजार ६ सय ६१ रुपैयाँ अनुमान गरिएको छ ।
सामानसहितको ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैथा बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



