निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

images
  • 70
    SHARES
  • मंसिर २०, २०७९ मंगलबार
    निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने
    images

    २० मंसिर, काठमाडौं

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ ।

    आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरु निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भईसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।

    आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भन्छन्, ‘मावि तहमा सिफारिस भईसकेकाले निमावि तहमा पनि नाम निकालेको पाइयो । यसो हुँदा कोटा ल्याप्स हुने भएकोले निमाविको अन्र्तवार्ताबाट सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।’

    निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकोले यस्तो गरिएको प्रवक्ता मरहठ्ठाले बताए ।

    आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदको लागि मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म अन्तर्वार्ता तोकेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend