रबिन दाहाल
भरतपुर मसिंर २० फर्स्ट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि.काे अायाेजनामा अाज भरतपुरकाे हाेटल चितवन मेडिटाउन रिसोर्ट CMT मा सम्पन्न भएकाे छ । फर्स्ट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि.काे साझेदार रहेका ३६ लघुवित्त संस्थाका कार्यालय प्रमुखहरुको सहभागीता बीच अन्तक्रिया कार्यक्रम मा फर्स्ट माईक्रो फाइनान्स लघु वित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पाैडेल ले गर्नु भएकाे थियाे । ईन्फिनीटि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामा प्रमुख अथिती तथा अथितीमाफर्स्ट माईक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लि.का डि.सि.याे. रामराज पन्त रहनु भएकाे थियाे ।
फर्स्ट माईक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लि.का का बरिस्ठ अधिकृत बाबुराम न्याैपानेले सञ्चालन गरेकाे अन्तरक्रिया कार्यक्रममा ईन्फिनीटि लघुवित्त का प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामाले हाल लघुवित्त क्षेत्रमा देखिएका विभिन्न समस्याहरुकाे बारेमा बाेल्दै समय सान्दर्भिक लघुवित्त कार्यक्रम सञ्चालन गनुपर्ने बारेका जाेड दिएका थिए । लामाले कुनै पनि बैकले गर्न नसकेका काम लघुवित्त संस्थाहरुले गरिरहेकाे गाउँ गाउँ मा गई महिलाहरुलाई बैक तथा वित्तीय संस्थाहरुबाट दिने सेवा सुविधा उपलब्ध गराएकाे बताए । लघुवित्तले सबै परिवारमा सरल तथा झन्झट रहित सेवा पुर्याएकाे सानाे सानाे गाउको महिलाहरुकाे बचतकाे सुरक्षा दिएकाे बताए । हाल केही ब्यत्ति तथा समुहले लघुवित्तकाे बारेमा नकारात्मक प्रचार गरिरेकाले त्यस्ता गलत प्रचारकाे बारेमा सदस्यहरुलाई कर्मचारीहरुले बुझाउनु पर्नेमा जाेड दिए ।
सहभागी कार्यालय प्रमुखहरुले अाफ्नाे कार्य सम्पादनकाे त्रर्ममारू भाेगेका विभिन्न समस्या तथा गरेका समाधानका बिचयमा अाफसि छलफल गरेका थिए । हाल लघुवित्तमा क्षेत्रमा देखिएकाे तरलता अभाब,लघुवित्त विरुद्धकाे सघर्ष समिति, सस्था सस्था बिचकाे अववस्थ प्रतीप्रर्धा,दक्ष कर्मचारीहरुकाे अभाब जस्ता बिषयमा छलफल भएकाे थियाे । नियामक निकाय नेपाल राष्ट्र बैक सरकारले लघुवित्त संस्थाहरुलाई हेर्ने नजर फरक रहेकाले यी खाले समस्या अाएकाे अहिले संस्थाकाे व्यवस्थापन तथा सञ्चालकहरुलाई सदस्यहरुलाई गुणस्तरीय सेवा तथा गरिबी निवाकरणमा भन्दा पनि संस्थाले कति नाफा कमाउनेमा संस्थाहरु बिच प्रतिस्पर्धा रहेकाे सहभागीहरुले बताएका थिए। सदस्यहरुकाे अावश्यकता तथा क्षमताका अाधारमा कर्जा लगानी गरि सदस्यहरुलाई उद्यमी बनाउन विभिन्न खालमा ब्यवसाहिक तालिम तथा लघुवित्त संस्थाहरुका बारेमा वित्तीय शिक्षा सदस्यहरुलाई दिनुपर्ने सहभागीहरुले बताएका थिए ।
कार्यक्रमकाे समापन गर्दै फर्स्ट माईक्रो फाइनान्स लघु वित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमा नाथ पाैडेल ले लघुवित्त संस्थाहरुकाे उद्वश्य अनुसार अगाडि बढनु पर्ने बताएका थिए । सामुहि भावना,सामुहिक सहयाेग तथा सामुहिक हकहितकाे लागि समुदायमा लघुवित्ते वित्तीय सेवा दिनुपर्ने उनले बताए । लघुवित संस्थाहरुले कर्जा मात्र लगानि नगरि सदस्यहरुलाई लघुउधयमि बनाउन सिपमुलक तालिम दिनुपर्ने उनले बताए । लघुवित्तहरुले गाउँ गाउमा शाखा कार्यालय खाेलि रेमिटेन्स,माेबाइल बैकिङ तथा गाउबाटै सदस्यहरुकाे बिजुलि पानिकाे महसुल अाफ्नै माेवाइलबाट तिर्न सक्ने लघुवित्त संस्थाहरुले बनाएकाे र सदस्य साे कामाकाे लागि जिल्ला सदुरमुकाम सम्म जान नपर्ने सदस्यहरुकाे अावातजावतकाे रकम बचत हुने संस्थाका डि.सि.याे. राम राज पन्तले बताएका थिए । हाल सम्म ६५ वटा लघुवित्तले करिब ५८ लाख सदस्यहरुलाई बित्तीय सेवा पुर्याएका छन । जस्मा २ खर्व बचत संकलन गरेका छन भने करिब ५ खर्व लगानी रहेकाे छ यस क्षेत्रमा करिब २३ हजार जनाले प्रत्यक्षे राेजारि समेत पाएका छन ।



