१६ वर्षिया किशोरी माथि जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

images
  • 127
    SHARES
  • मंसिर २२, २०७९ बिहीबार
    १६ वर्षिया किशोरी माथि जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
    images

    काठमाडौं

    १६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ९ ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ ।  

     

    उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

     

    उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend