चितवन, मंसिर २२
चितवनमा मोटरसाइकल र बलेरो गाडी एकआपसमा ठोक्किदा जर्मन नागरिकको मृत्यु भएको छ ।
आज विहान सवा १० बजेको समयमा पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बागमति प्रदेश ०३–००१ च १६८२ नम्बरको बलेरो ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
तस्विर सौजन्यः दानबहादुर गुरुङ




