विद्यार्थीको मृत्युपछि विश्व निकेतनमा प्रदर्शन

images
  • 100
    SHARES
  • मंसिर २२, २०७९ बिहीबार
    विद्यार्थीको मृत्युपछि विश्व निकेतनमा प्रदर्शन
    images

    २२ मंसिर, काठमाडौं

    त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको खण्डन गरे । उनले धेरै दिन सदीक्षा विद्यालयमा अनुपस्थित भएपछि सोधपुछ गरिएको र नियमित आउन सल्लाह दिएर पठाएको बताए । त्यसपछि पनि अनुपस्थित भएकाले अभिभावक लिएर आउनु भनेर बुधबार सम्झाएर पठाएको बताए ।

    विद्यार्थी भने विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले ‘टर्चर’ दिएको भन्दै उनलाई निलम्बन गर्न गरेका थिए ।

    प्रधानाध्यापक कँडेलले विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई निलम्बन गरिएको बताए ।

    कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा लगिएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend