माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले फेरि चेपाङका टहरा भत्कायो

images
  • 77
    SHARES
  • मंसिर २२, २०७९ बिहीबार
    माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले फेरि चेपाङका टहरा भत्कायो
    images

    चितवन, मंसिर २२

    चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा अबैधरुपमा रहेका चेपाङका घर तथा टहराहरु भत्काएको छ ।

    निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु बुधबार दिउँसो कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घर तथा टहरा भत्काएका हुन् ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नियमितरुपमा घर, टहराहरु निकुञ्जले हटाइरहेको बताए । उनले भने, ‘कुसुमखोलामा एउटा घर बाहेक सबै गैरकानुनी रहेका छन् । अन्य स्थानबाट आएर १० जनाले घरटहरा बनाएका थिए । आउने घरटहरा हटाउने क्रम चलिरहेको छ ।
    दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको कुसुमखोलाका स्थानीय काजीमान चेपाङले बताए ।

    घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का स्थानीय दिललाल चेपाङले जानकारी दिए । अहिले कुसुमखोलामा ३० घरधुरी चेपाङहरुको बसोबास रहेको छ ।

    करिब २ वर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा अहिले विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् । प्रमुख संरक्षण अधिकृत आचार्यले अन्यत्रबाट चेपाङहरु आएर टहरा बनाउने क्रम निरन्तर चलिरहेकोले हटाउने क्रम पनि चलिरहने नारायणी अनलाइनलाई बताए ।

    फोटो सौजन्य: स्वदेश एफएम

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend