इच्छाकामना न्यूज डटकम छैठौँ बर्षमा प्रवेश, विभिन्न व्यक्तित्वहरु सम्मानित

images
  • 92
    SHARES
  • मंसिर २४, २०७९ शनिबार
    इच्छाकामना न्यूज डटकम छैठौँ बर्षमा प्रवेश, विभिन्न व्यक्तित्वहरु सम्मानित
    images

     

    इच्छाकामाना, २४ मंसिर 

    इच्छाकामना ब्रोड कास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्यूज डटकम छैठौँ बर्षमा प्रवेश गरेको छ । शनिबार एक कार्यक्रमकाबिच बार्षिक उत्सव समेत मनाएको छ । चितवनको इच्छाकामना ३ चुम्लिङटार स्थित सिद्धार्थ रिर्सोटमा एक कार्यक्रमकाबिच पाचौँ बार्षिक उत्सव मनाएको हो ।

     बार्षिकत्सवको अवसरमा इच्छाकामना न्युज डटकमले विभिन्न् व्यक्तिहरुलाई सम्मान गरेका छन् । बार्षिकत्सवको अवसरमा नवौँ राष्ट्रि राष्ट्रि खेलकुदमा स्वर्णपदक समेत जित्नुभएकी इच्छाकामना ५ मुग्लिनकी तेक्वान्दो खेलाडी सुप्रिका गुरुङ, वरिष्ट पत्रकार इच्छाकामना संचारकर्मी संघका अध्यक्ष रोहिणी त्रिपाठी, गोरखाका पत्रकार कान्तिपुरकर्मी भीमलाल श्रेष्ठ साहित्यकार अनिल श्रेष्ठ,लेखक शोधकर्ता एंव प्रशासक जीवन आलेमगर,चेपाङ समुदायबाटै पहिलो सिभिल इन्जिनियार प्रथम श्रेणीमा उत्तिर्ण गर्न सफल धादिङको बेनीघाट रोराङका मनिष चेपाङलाई सम्मान गरेका हुन् ।

     साथै बार्षिकत्सवको अवसरमा विकास र समृद्धि नामक स्मारिका विमोचन गरिएको छ । प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ क का प्रदेशसभा सदस्य कृष्ण सिलवालले पुस्तकको विमोचन गर्नुभएको हो । उक्त स्मारिकाको प्राध्यापक साहित्यकार तेजविलास अधिकारीले समालोचना गर्नुभएको थियो ।

     इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङका सभापतित्व तथा चितवन क्षेत्र नम्बर २ क का प्रदेशसभा सदस्य कृष्ण सिलवालको प्रमुख आतिथ्यता र इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना साकार, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर,आबुँखैरेनी गाउँपालिका अध्यक्ष सुक्र चुमानको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । चितवनको इच्छाकामना गाउँपालिका र आसपासका जिल्लाका पालिकाहरुको गतिविधीसहित समाचारहरु पस्किदै आएको इच्छाकामना न्युज डटकम इच्छाकामनाको पहिलो डिजिटल अनलाईन पत्रिका हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend