महिला हिंसाविरुद्ध अन्तरक्रिया र कानुनी परामर्श

images
  • 88
    SHARES
  • मंसिर २५, २०७९ आइतबार
    महिला हिंसाविरुद्ध अन्तरक्रिया र कानुनी परामर्श
    images

    चितवन, मंसिर २५

    लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान जारी रहँदा महिला हिंसा विरुद्ध अन्तरक्रिया गरी महिलाहरुलाई कानुनी परामर्श दिइएको छ । न्यु लाइफ मिसन नेपालको आयोजनामा शनिबार भरतपुर महानगरपालिका–८ वनदेवी सल्यानी टोल विकास संस्थासँग सहकार्य गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

     
     

    महिला हिंसा विरुद्धको कार्यक्रमलाई बन्द कोठामा सिमित नराखी तल्लो तहमै गएर महिलाहरु बीच कार्यक्रम गरिएको नयाँ जीवन अभियान नेपालकी अध्यक्ष निशा सिंह परियारले बताइन् । महिलाहरुलाई हिंसा विरुद्ध लड्न कानुनी परामर्श समेत दिनेगरी टोलविकास संस्थासँग सहकार्य गरिएको उनले बताइन् ।

     

    कार्यक्रममा अधिवक्ता मदन थापाले कानुनी परामर्श दिएका थिए । सामाजिक अभियान्ता विकास विश्वकर्माले हिंसाको प्रकार र हिंसाका कारणहरु बारे प्रशिक्षण दिएका थिए । नयाँ जीवन अभियान नेपालले यसअघि पनि टोल विकास संस्थासँग सहकार्य गरी कार्यक्रम गरेको थियो ।

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend