प्रचण्डले भने: चुनावमा विदेशी चलखेल भएकोले माओवादीले हार्‍यो

images
  • 76
    SHARES
  • मंसिर २५, २०७९ आइतबार
    प्रचण्डले भने: चुनावमा विदेशी चलखेल भएकोले माओवादीले हार्‍यो
    images

    काठमाडौँ, मंसिर २५

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् ।

     
    उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ समेत रहेको भन्दै माओवादी हार्नुमा विदेशी चलखेललाई दोष दिएका हुन् ।
     

    आज आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

    प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । माओवादीलाई युनिक आइडेन्टिटी कायम गराउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा प्रचण्डले अप्ठ्यारो अवस्थामा पनि प्रेस सेन्टर गतिशील रहेको बताए ।

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend