कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

images
  • 81
    SHARES
  • मंसिर २५, २०७९ आइतबार
    कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
    images

    धनगढी

    कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार राति भीमदत्त नगरपालिका-३ जनज्योति चोकबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend