वराह आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • 121
    SHARES
  • मंसिर २६, २०७९ सोमबार
    वराह आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
    देवघाट तनहुँ:२०७९ मंसिर
    देवघाट तनहुँ:२०७९ मंसिर तनहुँको देवघाट गाउँपलिका वडा नम्बर ५ देवपुर स्थित वराह आधारभूत विद्यालयका ९० विद्यार्थीहरुलाई पुर्व अध्यक्ष रोटरी डा.केशवराज भुर्तेलको सहयोगमा तथा रोटरी क्लब अफ नारायणी मिट टाउन र रोटर्‍याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रमका सम्पन्न भएको छ। ‍318174516_965173251114975_5274243597164127619_n.jpg
     
    प्रमुख अतिथि देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगरले ब्यानर बढेर कार्यक्रमको समुद् घाटन गर्दै देवघाट गाउँपालिकाका ५ वटा वडाहरुमा नै शैक्षिक गुणस्तर संगै प्राविधिक शिक्षा क्षेत्रलाई अगाडी बढाउन आफ्नो सधैं पहल रहने बताउनुभयो ।
    318482422_894682168193753_2099887845096987861_n.jpg
     
     
    साथै प्रमुख अतिथि मगरले देवघाट गाउँपालिका भित्रका कुनै पनि बालबालिका शिक्षा देखी बन्चित हुन नपर्ने बताउनुभयो।थिए।साथै उहाँले सवैको साथ सहयोग र समन्वय बाट नै दिगो बिकास हुने बताउदै सहयोगी संस्था एवं दातालाई आगामी दिनहरूम सहकार्य गर्न आग्रह गर्दै धन्यवाद समेत दिनुभयो।
    318863766_513711914063594_2073395523502597194_n.jpg
     
    सो कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने देवघाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक क्षेत्रमा सुधार भएको बताउदै गाउँपालिका र आफ्नोतर्फबाट शिक्षा क्षेत्र बिकासको निम्ति अग्रपंक्तिमा रहेर सधैं काम गर्ने बताउनु भयो। कार्यक्रममा विद्यालयका प्र.सोम बहादुर थापाले विद्यालयको विषयमा जानकारी गराउनु भएको थियो भने पुर्व अध्यक्ष रोटरी डा.केशवराज भुर्तेल,देवपुर टोल बिकास संस्थाका अध्यक्ष सुकुलाल गुरुङ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
    318074172_1097640350899732_7394847673602675276_n.jpg
     
    सो कार्यक्रममा ५ नम्बर वडा सदस्य सरस्वती परियार,चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिल बहादुर गुरुङ लगाएतको उपस्थिति रहेको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेकराज सापकोटाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend