हरिहर बचत तथा ॠण सहकारीको ७ औं वार्षिक साधारण सभा सम्पन्न

images
  • 235
    SHARES
  • मंसिर २६, २०७९ सोमबार
    हरिहर बचत तथा ॠण सहकारीको ७ औं  वार्षिक साधारण सभा सम्पन्न
    images

    देवघाट तनहुँ:२०७९ मंसिर २६

    तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित हरिहर बचत तथा ॠण सहकारी संस्था लि.देवघाट ५ तनहुँको ७ औं वार्षिक साधारण सभा कार्यक्रमका देवघाट क्षेत्र बिकास समितीको सभा हलमा सम्पन्न।

    318315128_1187217741908454_85602686302171100_n.jpg

    कार्यक्रमलाई समुद् घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले संस्थागत निति नियमको बिषयमा प्रस्ट पर्दै देवघाट गाउँपालिकाका ५ वटा वडा सहित जिल्ला बाहिर पनि आफ्नो सेवा प्रवाह गर्न आग्रह गर्नुभएको थियो। साथै उहाँले बचत गर्ने बानीको बिकासले आफुलाई आर्थिक समस्या परेको अबस्थामा समेत टेवा पुग्ने बताउनुभयो। प्रमुख अतिथि पन्तले पछिल्लो समय ॠण लिन हुदैनन् भन्ने जुन मान्यता रहिआएको थियो तर अहिले त्यो अबस्थालाई सहकारी संस्थाले ॠण उपलब्ध गराई ब्यापार व्यवसायमा समेत महत्वोपुर्ण भुमिका खेलेको बताउनुभयो।

    318475550_1149718349019888_2598960731582431283_n.jpg

     

    कार्यक्रममा संस्थापक अध्यक्ष भोजराज नैनावस्ती,देवघाट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी,देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मी,भवानी तिमसिना,माया शर्मा,कृष्णराज न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने आयव्ययको बिषयमा कोषाध्यक्ष अर्जुन अधिकारीले आयव्यय प्रस्तुत गर्नु भएको थियोे।

    318610595_930977804539355_1378723948120175595_n.jpg

    सहकारी संस्थामा हालसम्म सेर सदस्य ४ सय ५४ जना रहेका छन् भने २८लाख ७६ हजार ७००सय रुपैयाँ सेयर जम्मा भएको छ। संस्थामा ०७८/०८९ सम्म बचत तर्फ १ करोड ४९लाख २७ हजार ४सय ७८ रुपैयाँ रहेको छ भने ॠण तर्फ लगानी १करोड ७६लाख ८६हजार ३सय २३रुपैयाँ र मुनाफा ६लाख ५८ हजार ८सय ६७ रुपैयाँ रहेको बताएको छ।

    318614022_3781106202116073_745783886312370343_n.jpg

    सो कार्यक्रममा आयोजकले संस्थाका विभिन्न विधामा सम्मान समेत गरेका थियो।कार्यक्रम सचीव अनिल मिश्रले सञ्चालन गरेको थियो भने सहकारी संस्थाका अध्यक्ष रोशनदेव आचार्यको सभाअध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो।

    318991711_460450289594992_7533623959425472873_n.jpg318616713_706316577582448_5317444097917149516_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend