७७ वर्षीय श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

images
  • 68
    SHARES
  • मंसिर २६, २०७९ सोमबार
    ७७ वर्षीय श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ
    images

    अर्घाखाँची –

    अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे । 

    घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुकाले श्रीमानको घाँटी थिचेर हत्या गरेको डीएसपी रिजालको भनाइ छ । सार्की दाम्पतीले झगडा हुनुअघि रक्सी खाएका पाइएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend