अध्यादेशमार्फत् होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

images
  • 71
    SHARES
  • मंसिर २६, २०७९ सोमबार
    अध्यादेशमार्फत् होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल
    images

    काठमाडौं ।

    नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

     

    व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् । 

     

    अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् । ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत्  होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend