जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गयाे

images
  • 80
    SHARES
  • मंसिर २६, २०७९ सोमबार
    जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गयाे
    images

    Jeep_XNQ7RQGfiS.jpgप्रतीकात्मक तस्बिर

    जाजरकाेट – जाजरकोटमा आज साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको ज्यान गएकाे छ ।

    कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको ज्यान गएकाे स्थानीय रेशम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

    मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend